नायब सुब्बाहरूको चेतावनीपछि पछि हट्यो सरकार

  • साउन २४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । चोर बाटोबाट अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीको अतिरिक्त तलब वृद्धि फिर्ता भएको छ । अतिरिक्त रुपमा बढाउन लागिएको तलब विरुद्ध कर्मचारीहरू नै आन्दोलित भएपछि अर्थ मन्त्रालयले बजेट घोषणा अनुसारकै तलब वृद्धि कायम गर्ने भएको हो ।

बजेट भाषणमार्फत सरकारले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाएको भए पनि अधिकृतदेखि सचिवसम्मको तबल भने २४ प्रतिशतसम्म बढाउने गरी अर्थ मन्त्रालयले तलबको नयाँ रोष्टर सबै सरकारी कार्यालयलाई पठाएको थियो । कर्मचारी ट्रेड युनियले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर असमान तलब वृद्धि नगर्न ध्यानाकर्षण गराएको थियो । यदि अधिकृत तहको मात्रै तलब चोर बाटोबाट बढाउने हो भने आन्दोलनमा उत्रने चेतावनी उनीहरुले दिएका थिए ।

ट्रेड युनियनसँगको भेटमा शर्माले तत्काल १५ प्रतिशत मात्रै तलब बढाउने प्रतिबद्धता जनाएका थिए । संसदको स्वीकृत बिना राज्य कोषको रकम खर्च गर्न नपाइने भए पनि वरिष्ठ कर्मचारीहरूले संसदीय समितिलाई प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved