चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मरे, २ सय २२ वन्यजन्तुको उद्धार

  • साउन २४, २०७९
  • कालापानी मिडिया
alt

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मरेका छन् । यी गैँडा विभिन्न कारणले मरेका हुन् । ३३ गैँडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैँडा शीकारीले मारेका हुन् । एउटाको कारण खुलेको छैन । एउटा गैँडा भने मानवीय लापरबाहीका कारण खाडलमा परेर मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

यस्तै, एक वर्षमा ६ वटा बाघ भने उपचारको क्रममा प्राकृतिक कारणले मरेको उनको भनाई छबताउनुभएको छ । यस्तै १० वटा अर्ना पनि प्राकृतिक कारणले मरेका छन् । इन्क्लोजरमा राखिएका अर्ना बाघको आक्रमणबाट मर्ने गरेका छन् ।

यसैगरी एक वर्षको अवधिमा निकुञ्जमा २ सय ४ वन्यजन्तु मरेका छन् । तीमध्ये प्राकृतिक कारणले १ सय ४ मरेका छन् । यस्तै, निकुञ्जले गत आर्थिक वर्षमा ३ गैँडासहित १९ प्रजातीका २ सय २२ वन्यजन्तुको उद्धार गरेको छ । सात बाघ, १५४ अजिंगर, १४ चित्तल, नौ मगर गोही र आठ कछुवाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए । एक किंग कोब्रासहित सात सर्पको पनि उद्धार गरिएको छ । चितुवा, जरायो, उल्लु, गिद्ध, भुडीफोर गरुड, मयुर, बँदेल एकरएक वटा उद्धार गरिएको उहाँले बताउनुभयो । चार लगुना, तीन निर बिरालो, दुई नीलगाई, दुई चिल र दुई रतुवाको पनि उद्धार गरिएको निकुञ्जको तथ्यांकमा रहेको छ ।

निकुञ्जले वन्यजन्तुको चोरी शिकारीको मुद्धामा गएको आर्थिक वर्षमा ५४९ जनालाई पक्राउ गरेको छ । सात जना व्यक्ति संरक्षित वन्यजन्तुको चोरी शिकारीमा संलग्न थिए । चोरी शिकारीमा संलग्न सातमध्ये छ जना गैँडा शिकारी रहेको तिवारीले जानकारी दिए। गैँडा, बाघ, हात्ती लगायत २७ प्रजातीका वन्यजन्तुलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved