अमेरिकामा ९९ प्रतिशत मङ्कीपक्सको सङ्क्रमण पुरुषमा

  • साउन २५, २०७९
  • कालापानी मिडिया
alt

अमेरिकामा देखिएका मङ्कीपक्सका सङ्क्रमितहरुमध्ये ९९ प्रतिशत सङ्क्रमित पुरुष रहेका एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले हालै गरेको एक अध्ययनमा सो तथ्य भेटिएको बताइएको छ ।

यही अगष्ट ५ मा सार्वजनिक गरिएको सो रिपोर्टमा उक्त कुरा देखिएको हो । सो अनुसन्धान रिपोर्टमा देखाइए अनुसार यसरी पाइएका ९९ प्रतिशत मङ्कीपक्सका सङ्क्रमितहरुमा पनि पुरुषबाट पुरुषमा नै सरेका पाइएको समाचारमा उल्लेख गरिएको छ ।

अमेरिकामा देखिएको यो भाइरसको मे १७ देखि जुलाई २२ सम्मको तथ्याङ्क गरिएको अनुसन्धानमा यो तथ्य भेटिएको हो । अमेरिकामा पछिल्लो समयमा मङ्कीपक्सका सङ्क्रमितहरु भेटिने क्रम बढ्दो रहेको छ । अहिले विश्वका दर्जनौँ देशमा यो सङ्क्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको सङ्क्रमण बढ्दो छ ।
पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा मात्र मङ्कीपक्सका आठ हजार नौ सय भन्दा बढीमा यो सङ्क्रमण भेटिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved