बालाजुको जुत्ता कारखानामा लागेको आगो निभ्यो, क्षतिको विवरण सङ्कलन हुँदै

  • साउन २५, २०७९
  • कालापानी मिडिया
alt

                                                                     फाइल तस्बिर

काठमाडौं । काठमाडौको बालाजुमा रहेको जुत्ता कारखानामा लागेको आगो निभेको छ ।
बालाजु बाइपासको अन वर्ल्ड फुटवेयरमा आज बुधवार बिहान साढे ११ बजे सुरु भएको आगलागी दिउँसो २ बजे निभाइएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

काठमाण्डौ र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सात वटा दमकलको प्रयासले आगो निभाइएको मैनालीले उज्यालोलाई जानकारी दिए।

श्रीराम पाण्डेले सञ्चालन गरेको जुत्ता कारखानामा लागेको आगो निभाउनका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुखसहितको टोली, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएको थियो ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी चार सय हाराहारीमा सुरक्षा जनशक्ति र २० वटा निजी पानी ट्याङ्करको प्रयोग गरिएको थियो । विद्युत् शर्ट भएर कारखानामा आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved