सुर्खेत । नेपाली कांग्रेस जाजरकोटले १५ जना नेतालाई स्पष्टीकरण माग गरेको छ।
गत स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेका र निष्क्रिय भई बसेका भन्ने गुनासो उम्मेदवारहरूबाट आएपछि कारबाहीका लागि स्पष्टीकरण माग गरिएको नेपाली जाजरकोटका उप सभापति एवं अनुशासन समितिका संयोजक खडकबहादुर बुढाले जानकारी दिए।
उनले भने, ‘स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई हराउन निष्क्रिय बसेको भन्ने गुनासोको आधारमा कारबाहीका लागि स्पष्टीकरण माग गरिएको छ।’
उम्मेदवारसहित वडा र पालिका कार्य समितिबाट निर्णयरसिफारिस भएकोले नेपाली कांग्रेसको विधान २०१७ ९संशोधनसहित०को धारा ३४ को उपधारा ४, क, ख र ग बमोजिम पार्टीबाट कारबाही गरिनेछ। आफूमाथि लागेको आरोप के कस्तो हो वा होइन् रु चित्त बुझ्दो जवाफसहित पत्र प्राप्त भएको मितिले १५ दिन भित्र लिखित जवाफ पेश गर्न पत्र पठाईएको बुढाले बताए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved