पहिरोले दोलखामा चार घरमा क्षति, झन्डै ५० घर जोखिममा

  • साउन २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । दोलखामा गएरातिको पहिरोले चार घरमा क्षति पुगेको छ । बिगु गाउँपालिका-४ लादुकमा पहिरो जाँदा चार घरमा क्षति पुगेको हो भने त्यहाँका झन्डै ५० घर जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको हो ।

त्यहाँका सूचना अधिकारी सानु तामाङका अनुसार विस्थापितहरु आफन्तकोमा बसिरहेका छन् । अहिले प्रहरी, जनप्रतिनिधि पहिरो प्रभावित क्षेत्रमा छन् । उनीहरुको सहयोगमा स्थानीय बासिन्दाले पहिरोले क्षति पुर्याएको घरबाट सामान ओसार्न थालेका छन् । घरमाथि खनेको सडकका कारण पहिरोको खसेको स्थानीय बासिन्दाले बताएका छन् ।

यसअघि गएको २२ गते पहिरो जाँदा त्यहाँका चार वटा घरमा पूर्ण क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved