एक्लाएक्लै लडे कांग्रेस एक सिट पनि जित्दैन, एमालेले दुई तिहाई सिट ल्याउछ- खगराज अधिकारी

  • साउन २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता खगराज अधिकारीले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एक्लै लडे कांग्रेसले एक सिट पनि जित्न नसक्ने दाबी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै एमालेले दुईतिहाई बहुमत नल्याए आफूले राजनीतिबाटै संन्यास लिने बताएका हुन्।

उनले भने, ‘कांग्रेस एक्लै चुनाव लड्न लड्न नसक्ने भइसक्यो। एक्लै लड्दा एक सिट जित्न सक्दैन। एमाले एक्लै दुई तिहाइभन्दा बढी सिटमा ल्याउँछ। हामीले दुईतिहाइभन्दा बढी सिट जित्न सकेनौँ भने म राजनीति नै छाडिदिन्छु।’

उनले सत्ता गठबन्धन स्वार्थको लागि मात्रै बनेको बताए। आगामी निर्वाचनबाट जनताले सत्ता गठबन्धनलाई अहिलेको महँगी र भ्रष्टाचारको जवाफ दिनेसमेत बताए।

उनले सत्ता गठबन्धनलाई वित्तीय गठबन्धनको संज्ञा दिँदै देश जटिल अवस्थामा पुर्‍याएको दाबी गरे। उनले पार्टीको अर्थ विभागमा रहेको नाम एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको समेत स्पष्ट पारे। उनले भने,‘एमाले माक्र्सवाद–लेनिनवादमा विश्वास गर्छ । अहिलेको गठबन्धन वित्तिय गठबन्धन हो ।’ अधिकारीले कांग्रेसले एसपिपी अर्को ढंगले अघि बढाउन खोजेको गम्भीर आरोप लगाए । उनले पार्टीको अर्थ विभागमा रहेको नाम एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved