यू-१७ को प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए, अब ३० जना मात्र

  • साउन २८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि प्रशिक्षणमा रहेका १५ खेलाडी बाहिरिएका छन्।

अखिल नेपाल फुटबल संघ ९एन्फा० का अनुसार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीमध्ये १५ खेलाडी बाहिरिएका हुन्। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले प्रशिक्षणमा अब ३० खेलाडी मात्र रहेको जानकारी दिए।

श्रीलंकामा सेप्टेम्बर ५ मा आयोजना हुने साफ यू १७ च्याम्पियनसिपमा नेपाल समूह बीमा छ।

नेपाल रहेको समूहमा भारत र भुटान रहेका छन् भने समूह ए मा आयोजक श्रीलंका बंगलादेश र माल्दिभ्स अटाएका छन्।

यस्तै यू-१७ को अर्को प्रतियोगिता एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुँदैछ। प्रतियोगितामा पनि यही टोलीले सहभागिता जनाउने तालिका रहेको छ। छनोट खेल भियतनाममा आयोजना हुँदैछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved