सुदूरपश्चिमको स्याउली थाप्ने चलन लोप हुँदै

  • साउन २९, २०७९
  • कालापानी मिडिया
alt

डोटी । सुदूरपश्चिम प्रदेशमा मौलिक संस्कृतिको रुपमा रहेको स्याउली थाप्ने चलन लोप हुन थालेको छ।

कुनै व्यक्ति साइत वा शुभकार्यमा घर बाहिर कामका लागि जानुभन्दा पहिले केटाकेटी तथा महिलाहरुले घरभन्दा टाढा बीच बाटोमा गम्छा, रुमाल वा कपडाको टालोमाथि हरियो घाँस, फूलहरु, हरियो स्याउलाहरु राखेर साइत शुभहोस् भन्ने चलनलाई यहाँको भाषामा स्याउली भन्ने गरिन्छ ।

साइतमा रहेका व्यक्तिहरुलाई काम, यात्रा अनि उसले सोचेको कार्य सफल होस् भन्ने हेतुले स्याउली थाप्ने चलन रहेको डोटी बहुमुखी क्याम्पस डोटीका पूर्व सह–प्राध्यापक डा।बद्रीशर्मा बिनाडी बताउछन् । बीच बाटोमा थापेको स्याउलीमा यात्रा वा साइतमा निस्केका व्यक्तिहरुले केही खानेकुरा, मिठाई वा आफ्नो दक्ष अनुसारको पैसा राख्दा साइत शुभ हुने विश्वास रहेको छ, अहिले यो चलन हराउँदै जान थालेको उनको भनाई छ ।

डोटीसहित समग्र सुदूरपश्चिममा प्राय विदेशको यात्रा, विवाह, तीर्थ यात्रा, शुभ कार्यमा जानेहरुको साइत सफल होस् भन्ने हेतुले हरिया स्याउलाहरु राखेर शुभ यात्रा गर्ने चलन रहेको छ । पछिल्लो समयमा लोप हुन लागेका यस्ता मौलिक कला, संस्कृतिको संरक्षण, प्रवर्द्धनमा स्थानीय सरकारले योजना बनाएर अगाडि बढ्नुपर्ने स्थानीयको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा वैशाख १ गते सिस्नु खेलेर मनाइने बिसु पर्व, साइतमा जानेहरुका लागि स्याउली थाप्ने चलन, साउन महिनामा धानको खेतबारीमा गएर मनाइने राइतो, बटुक पकाएर हरेला खानेलगायत संस्कृतिहरु बिस्तारै लोप हुन थालेका छन् ।

स्थानीयस्तरमा रहेका कला, मौलिक संस्कृति, जातजाति, धर्म, लिङ्ग, वर्ण, धार्मिक एवम् पर्यटकीय स्थल, सामाजिक परिवेश झल्किने खालका विषयवस्तु स्थानीय पाठ्यक्रममा समेट्न आवश्यक भएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved