घर दान गरिसके बिरामी परे उपचार गर्न समेत खर्च छैन -ओली

मेरो भाइ १० कठ्ठा जमिनमा हलो जोत्छ, राजदूत छैन

  • साउन २९, २०७९
  • कालापानी मिडिया
alt

                                                                     फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नातावादको पक्षपोषक नभएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो भाइलाई राजदूत वा सांसद बनाउने कुनै मनसाय नरहेको भन्दै आफु नातावादको पक्षपोषक नभएको बताएका हुन्।

उनले भने, ‘मेरो भाइ राजदूत हुन खोज्यो, फलानो कमिटीमा जान खोज्यो भन्ने सुन्नुभएको छ। मेरो भाइ १० कठ्ठा जमिन लिएर हलो जोतेर बसेको छ,’ । उनले आफूले भाइ, बहिनी श्रीमती वा सालोप्रति कुनै पदका निम्ति मरिहत्ते नगरेको बताउँदै एमालेभित्र टिकट वितरणमा कुनै विभेद नहुने प्रतिवद्धता जनाएका छन्। ‘एमालेभित्र टिकट वितरण क्षमतावानलाई हुनेछ। योग्यता पुगेकाहरूले टिकट पाउनेछन्। कसैप्रति भेदभाव हुनेछैन,’ उनले भने।

एमाले सन्तुलित र दीगो विकासका एजेन्डा लिएर चुनावमा अघि बढ्ने ओलीको भनाइ छ। ओलीले आफूले व्यक्तिगत सम्पत्ति राज्यलाई दिएको भन्दै बिरामी भइहाले उपचार गराउने पैसा समेत आफूसँग नभएको बताएका छन्।

‘मैले आफ्नो व्यक्तिगत सम्पत्ति राज्यको सम्पत्ति भनेर पास गरिदिएको छु,’ ओलीले भने, ‘म देशका लागि समर्पित छु।’ उनले आफू र श्रीमती बाँचुन्जेल घरमा बस्न पाउने बताए। ओलीको घर भक्तपुरस्थित बालकोटमा छ।

‘अहिले पनि त्यो घर म बेच्न पाउँदिनँ,’ उनले भने, ‘बन्धकी राख्न पाउँदिनँ। बेचेर खर्च चलाउन सक्दिनँ। बिरामी भएँ भने तपाईंहरूले उपचार गराउनुभयो भने कुन्नी, नत्र मसँग पैसा छैन।’ उनले सांसद भएकोले केही पैसा भने आउने बताए। घर बेचेर उपचार गर्छु भन्ने पनि छैन, घर दान गरिसक्या छ। दान गर्‍या बेच्न मिल्दैन,’ ओलीले भने।

उनले आफू युवाहरू जत्तिकै सक्रिय रहेको पनि बताए। ‘म युवाभन्दा कम सक्रिय छैन। मसँग बसेर काम गर्ने युवा मेरो साथमा रहँदा थाक्छन् म थाकेको छैन,’ ओलीले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved