प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेशका मुख्यमन्त्री नै धर्नामा

  • साउन २९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरु नै धर्नामा बसेका छन् ।
सङ्घीय सरकारले प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण र समायोजन नगरेको भन्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा सञ्चार मन्त्री भरत साह, राज्य मन्त्री रुवि कर्ण, खानेपानी तथा ऊर्जा मन्त्री ओमप्रकाश शर्मा र नागरिक समाजका प्रतिनिधिहरु प्रदेश प्रमुखको कार्यालय अघि धर्नामा बसेका हुन् ।

आजदेखि सुरु भएको धर्ना कार्यक्रम एक हप्तासम्म चल्नेछ । हिजो गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गर्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेका थिए। एक हप्तासम्म पनि सङ्घीय सरकारले माग पूरा नगरेमा दोस्रो चरणमा कडा आन्दोलन गर्ने मन्त्री साहको चेतावनी छ । उनले तत्कालै प्रहरी समायोजनको काम थालेर चुनाव अघि नै प्रहरीलाई प्रदेश मातहत ल्याउनुपर्ने बताए।

प्रदेश सरकारले प्रदेश प्रहरी ऐन २०७५ सालमै पारित गरिसकेको र सङ्घीय सरकारले पनि प्रहरी समायोजन गर्ने ऐन पारित गरिसकेकोले अब रोक्नुपर्ने कुनै पनि कारण नभएको मधेस सरकारको भनाइ छ । प्रहरी र शान्ति–सुरक्षासम्बन्धी अधिकार प्रदेशको क्षेत्राधिकारभित्र रहेको भन्दै प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार मातहत ल्याउनुपर्ने मधेस प्रदेश सरकारको माग छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved