ओलीले ल्याउदा हुवहु, देउवाले ल्यउदा फिर्ता किन ?: उपेन्द्र यादव

  • साउन ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेर गल्ती गरेको बताएका छन्।

यादवले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेश पारित गर्ने राष्ट्रपतिले त्यही अध्यादेशमा भएको व्यवस्था हुबहु राखेर विधेयक पठाउँदा फिर्ता गर्नु गलत भएको प्रतिक्रिया दिए।

‘अध्यादेशमा त्यही लाइन आउँदा प्रमाणीकरण गर्ने, अहिले त्यही कुरा हुबहु राखेर संसदले प्रमाणित गरेर पठाउँदा फिर्ता किनरु’ यादवले प्रश्न गर्दै भने, ‘नागरिकता पाएका सन्तानले नागरिकता पाउने संविधानको व्यवस्था विरोधी काम राष्ट्रपतिबाट भयो, यो गलत छ।’

संसदको दुबै सदनबाट पास भएर सभामुख अग्नि सापकोटाले प्रमाणित गरेको नागरिकता विधेयक १५ साउनमा राष्ट्रपति कार्यालय पठाइएको थियो। तर, राष्ट्रपतिले १५ दिनपछि विधेयक फिर्ता गरेर पुनः संसदमा फर्काइदिएकी छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved