राप्रपा कार्यसम्पादन समिति बैठक बस्दैः एमालेसँगको चुनावी तालमेलको विषयले प्राथमिकता पाउने

  • साउन ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

आगामी मंसिर ४ गते तोकिएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन तयारी, आवश्यक रणनीतिलगायत विषयमा बैठक बस्न लागेको हो ।

धुम्बाराहीस्थित केन्द्रीय कार्यालय बस्ने बैठकमा आसन्न निर्वाचन, निर्वाचन तयारीका लागि विभिन्न समिति निर्माण, प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग सम्बन्धमा जारी आन्दोलनको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ ।

साथै बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको भेटवार्ता र एमालेसँगको तालमेलको विषयले पनि प्राथमिकता पाउने नेताहरुले जनाएका छन् ।

२०७४ सालको निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरेको राप्रपाले आगामी चुनावमा पनि एमालेसँगै तालमेल गर्ने संभावना रहेका बेला आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved