आगामी निर्वाचनमा तालमेलको निर्णय गर्ने जिम्मा अध्यक्ष लिङ्देनलाई

धादली रहित निष्पक्ष निर्वाचन गर्न सरकारको ध्यानाकर्षण

  • साउन ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी निर्वाचनमा दलहरुसंग तालमेलको निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

आज सोमबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनलक्षित विभिन्न समिति गठन गर्दै विभिन्न राजनीतिक दलसँग गठबन्धन, तालमेल र सहकार्यको लागि आवश्यक निर्णय तथा पहलकदमीका लागि अध्यक्ष लिङ्देनलाई जिम्मेवारी दिएको हो। लिङ्देनकै अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति पनि गठन गरिएको छ ।

299675875_3362925073979367_1341751765186878841_n

यस्तै, आम निर्वाचनको घोषणापत्र तयारीका लागि प्रा.डा गीताभक्त जोशीको संयोजकत्वमा सगुन सुन्दर लावती, रमानन्द न्यौपाने, प्रा.डा जयन्तनाथ खनाल र सह-प्राध्यापक हेमराज कार्की सदस्य रहेको समिति गठन गरिएको छ।

बैठकले आगामी मंसिर ४मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भय रहित, धादली रहित र निष्पक्ष निर्वाचनको ग्यारेन्टि गर्न सरकार र आयोगको ध्यानाकर्षण समेत गरेको छ । आजको बैठकले शहीद गंगालाल हृदयरोग अस्पतालको उपचार सेवामा भएको शुल्क वृद्धि फिर्ता गर्नसमेत सरकारसँग माग गरेको छ।

b

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved