फोहोर व्यवस्थापनमा राजनीतिक दलहरुले अवरोध खडा गरे-बालेन

  • साउन ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा राजनीतिक दलहरुले अवरोध खडा गरेका महानगरका मेयर बालेन शाहले बताएका छन्।

लामो समयदेखि नउठेको फोहोर उठाउन बल्ल सुरु भएपछि पनि स्थानीयले अवरोध गरेपछि मेयरले शाह दलहरुप्रति आक्रोस देखाएका हुन् । आजको अवरोधलाई लिएर उनले भनेका छन्, फोहोर लैजाने कुरा आज पनि सहज भएन। सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरु एमाले स्थानीय नेताहरुले पनि साथ दिएको देखियो। यद्यपि २०० भन्दा बढी प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरेडाँडा लगियो। तर केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो। यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरेडाँडा लैजान सकियो।

राज्यसंरचना नै फोहोर व्‍यवस्थापनमा लाग्दा पनि स्थानीयका नाममा विरोध भैरहनुलाई उनले यसको भित्री कारण राजनीतिक दलहरुकै चलखेल भएको संकेत गरेका छन्। उनले भने, केहीदिन र केही समयबाट देखिइरहेको समस्या सतही मात्रै हो। यसका गहिरा र अलग्गै कारणहरु छन्। नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?

मेयर शाहले फेसबुकमार्फत विगतका सरकाले गरेका कमी कमजोरी नदोहोर्‍याउने र सिसडोलमा फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न संवेदनशील भएको बताएका छन्।

उनले भनेका छन्, पुनस् भन्न चाहन्छौँ, व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नुपर्ने होइन, फोहोरको हो। आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो। त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन। सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved