पहिलोपटक डोटीमा सवारी चालक अनुमति पत्रको परीक्षा सञ्चालन

  • साउन ३०, २०७९
  • कालापानी मिडिया
alt

डोटी । डोटीमा पहिलोपटक सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को परीक्षा सञ्चालन भएको छ। यातायात व्यवस्था कार्यालय डोटीले पहिलोपटक लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेको हो।

डोटीमा सञ्चालन भएको लिखित परीक्षामा १४५ जना सहभागी भएको यातायात व्यवस्था कार्यालय डोटीका कार्यालय प्रमुख पूर्णबहादुर शाहले जानकारी दिए। उनका अनुसार डोटीमा कार र जीपका लागि ३६ जनाले बायोमेट्रिक गरेकोमा परीक्षामा २८ जना सहभागी भएका थिए। मोटरसाइकल र स्कुटरका लागि १३० जनाको बायोमेट्रिक भएकोमा ११७ जना सहभागी भएका थिए। परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी रहेको र भदौ दोस्रो साताभित्र प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा सञ्चालन गरिने उनले बताए।

यता डडेल्धुरामा पनि आइतबार लाइसेन्सको लिखित परीक्षा सञ्चालन भइसकेको छ। दुवै जिल्लामा परीक्षा सञ्चालन भएसँगै प्रदेशका ७ को पहाडी जिल्लाका सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र लिन सहज हुनेभएको छ। यसअघि तराइका जिल्ला कैलाली र कञ्चनपुरबाट मात्रै लाइसेन्स वितरण हुनेगरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved