आयरल्यान्डसँगको चौथो टी–२० क्रिकेटमा अफगानिस्तान विजयी स् शृङ्खला २/२ को बराबरी

  • साउन ३१, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । आयरल्यान्डसँगको चौथो टी–२० क्रिकेटमा अफगानिस्तान विजयी भएको छ । अफगानिस्तान विजयी भएसँगै यी दुई देशबीचको पाँच खेलको टी–२० शृङ्खला २/२ को बराबरी भएको छ ।

बेलफास्टमा गएराति भएको खेलमा अफगानिस्तान २७ रनले विजयी भयो । निरन्तर पानी परेका कारण खेल ११ ओभरमा छोट्याइएको थियो । अफगानिस्तानले दिएको दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको घरेलु टोली आयरल्यान्डले ११ ओभरमा अलआउट हुँदै १ सय ५ रन मात्र बनायो । उसका जर्जी ड्याकरोलले अविजित ४१ तथा पउल स्ट्रलिङले २० रन बनाए ।

अफगानिस्तानका फरिद अहमदले ३ तथा नवीन उल हक र रसिद खानले समान २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । उसका नजिबुल्लाह जाड्रनले ५० रनको अर्धशतकीय पारी खेले ।

आयरल्यान्डका गारिथ डिलेनीले ३ तथा मार्क अडिर, बारी म्याककार्थी र फियो ह्यान्डले समान १र१ विकेट लिए । दुई देशबीचको पाँचौँ तथा निर्णायक खेल बुधवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved