रौतहटमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

  • साउन ३१, २०७९
  • कालापानी मिडिया
alt

रौतहट । रौतहटमा पानीमा डुबेर एक युवक ज्यान गएको छ।

जिल्लाको गरुडा नगरपालिका वडा नं–९ बस्ने नरेश दासको २० वर्षीया छोरा विशवनाथ दासको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण सिंहकाअनुसार मृतक दास नुहाउने क्रममा पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका जिल्ला अस्पताल गौर पठाइएको छ।

त्यसैगरी करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। गरुडा नगरपालिका–१ जयनगर बस्ने ५७ वर्षीय रामप्रसाद यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीका अनुसार आफ्नै खेतमा घुम्न गएका यादवको विद्युत पोल ढलेको तारमा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved