माधव नेपालसंग पनि एकता गर्ने तयारीमा प्रचण्ड

  • साउन ३१, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पनि पार्टी एकताका लागि तयारी भइरहेको बताएका छन्। यसका लागि संयोजन समिति बनाउने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै प्रचण्डले यस्तो बताएका हुन्। पार्टी एकतापछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरूबीच सहमति भइसकेको र त्यसमा समाजवादी वा यस्तै केही थपिन सक्ने उनको भनाइ छ। तर एकता भने चुनाव पछि हुने उनको भनाइ छ।

‘हामी अरु पनि वामपन्थीहरूसँग जस्तो माधव नेपालजीहरूसित हामी पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौँ। नाम नेपाल कम्युनिस्ट पार्टी नै रहन्छ। चुनाव अघि त केही पनि हुँदैन,’ प्रचण्डले भने, ‘चुनावपछि नाममा चाँहि नेकपा समाजवादी वा यस्तै केही हुन सक्छ। नेकपा राख्ने भन्नेमा भने सहमति भइसक्यो।’
वामपन्थी आन्दोलन र कम्युनिस्ट आन्दोलनमा आफू र बाबुराम भट्टराई एकै ठाउँ उभिने कुराको ठूलो अर्थ र महत्त्व रहेको प्रचण्डको ठहर छ। ‘अहिले वामपन्थी आन्दोलन र कम्युनिस्ट आन्दोलनमा पनि बाबुरामजी र प्रचण्ड सँगै उभिने कुराको ठूलो अर्थ र महत्त्व छ। हामी उभियौँ अब। अब कसैले रोकेर रोकिँदैन। त्यो ठूलो कुरा हो भनेर म भन्न चाहन्छु,’ प्रचण्डले भने, ‘यद्यपि, आजै पार्टी एकता भएको होइन। चुनावपछाडि हामी एउटै केन्द्र बनाउने भन्ने कुरा समझदारीमा गएका छौँ। अहिले चुनाव चिन्ह, घोषणापत्र, उम्मेदवार सबै साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved