बाबुरामसँग सहकार्यको ठूलो अर्थ छ-अध्यक्ष प्रचण्ड

  • साउन ३१, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्यको ठूलो अर्थ रहेको बताएका छन् ।
आगामी निर्वाचनमा भट्टराई पनि माओवादी केन्द्रकै निर्वाचन चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति भएपछि अध्यक्ष दाहालले आफूहरु सँगै उभिने कुराको ठूलो अर्थ र महत्व रहेको बताए । पार्टी एकता नभए पनि निर्वाचनपछि एउटै केन्द्र बनाउने सहमती भएको दाहाललको भनाई छ । माधवकुमार नेपाल नेतृत्वको पार्टीसँग पनि एकताका लागि संयोजन समिति बनाउने तयारी भइरहेको दाहालले बताए।

हामी गठबन्धनकै अंग हौँ, मापदण्डअनुसार सिट पाउँछौँ - बाबुराम भट्टराई
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफूहरू गठबन्धनकै अंग भएको बताएका छन्।

माओवादी केन्द्रको निर्वाचन चिह्नबाट आगामी निर्वाचनमा भाग लिन सहमतिपछि माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका अध्यक्ष भट्टराईले गठबन्धनको मापदण्डअनुसारकै सिट पाउने बताएका हुन्।

उनले भने, ‘माओवादी र नेपाल समाजवादी पार्टीबीच आगामी निर्वाचनमा एउटै चिह्नबाट जाने सहमति भएको छ। त्यहीअनुसारको आवेदन दिइएको छ। तत्काल चुनावका लागि मात्रै हो। सिटबारे छलफल गछौँ‚ हामी मिलाएर जान्छौँ। हामी गठबन्धनकै अंग हौँ। गठबन्धनको मापदण्डकै आधारमा सिट पाउछौँ। कसैलाई भ्रम नपरोस्।’

तत्काललाई निर्वाचनका लागि मात्रै सहकार्य भए पनि आगामी दिनमा वृहत राजनीतिक ध्रुवीकरण गर्ने तयारी रहेको बताए। परिर्वतन गर्न एक्ला एक्लैभन्दा मिलेर जान आवश्यक भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​"सनातन धर्म र राजसं ...

काठमाडौं । डा. धवलशमशेर राणाको सभापतित्वमा हालै सम्पन्न 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसम ...

मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved