नेदरल्याण्ड्सलाई हराउँदै पाकिस्तान विजयी

  • भदौ १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीयमा पाहुना टोली पाकिस्तान विजयी भएको छ ।

नेदरल्याण्डको रोटरड्याममा मंगलबार भएको खेलमा पाहुना टोली १६ रनले विजयी भएको हो ।पाहुना टोलीले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोली ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन मात्र बनाउन सक्यो। उसका लागि बिक्रमजित सिंह,स्कट एडवार्ड र टम कुपरले अर्धशतकीय ईनिङ खेले ।

बिक्रमजित र कुपरले समान ६५र६५ तथा कप्तान स्कट एडवार्डले अविजित ७१ रन बनाए । लोगन भान बिकले २८ रन बनाए। बास डि लिडीले १६ तथा टिजा मानुरुले १५ रन बनाए ।

पाहुना टोलीका हरिस रउफ तथा नसिम शाहले समान ३र३ र मोहम्मद नवाज तथा मोहम्मद वासिमले समान १र१ विकेट लिए ।


त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १४ रन बनाएको थियो । उसका लागि फकर जमानले १ सय ९ रनको शतकीय ईनिङ खेले ।

कप्तान बाबर अजामले ७४ रनको अर्धशतकीय ईनिङ खेले । सादाव खानले अविजित ४८ तथा आगा सलमानले अविजित २७ रन बनाए । खुल्सदिल शाहले २१ तथा मोहम्मद रिजवानले १४ रन बनाए ।

घरेलु टोलीका लोगान भान विक तथा बास डि लिडीले समान २र२ विकेट लिए । भिभिएन किंग्माले १ विकेट लिए ।


यस जितसँगै पाहुना टोलीले तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा १(० को अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved