देशका ९५ प्रतिशत नागरिकमा विद्युतको पहुँच स् अबको दुई वर्षभित्र सबै नागरिकमा पुर्‍याउने लक्ष्य

  • भदौ १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । देशका ९५ प्रतिशत नागरिकमा बिजुली बत्तीको पहुँच पुगेको सरकारले जनाएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अबको दुई वर्षभित्र सबै नागरिकमा विद्युतको पहुँच पुर्‍याउने गरी काम भैरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणको ३७ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै उर्जा मन्त्री पम्फा भुसालले औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि विकास, लिफ्ट मार्फत खानेपानी र सिँचाइ, विद्युतीय सामग्रीको प्रयोग गरी उर्जाको खपत बढाउनुपर्नेमा जोड दिएकी छिन् । उनले जलस्रोत र उर्जाको दिगो विकासमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी समृद्ध नेपाल निर्माणका लागि जुट्न पनि सबै पक्ष र क्षेत्रलाई आह्वान गरेकी छिन्।

विद्युत प्रसारण एवं वितरण प्रणालीको विस्तार र गुणस्तर सुधारका लागि उच्च प्राथमिकता दिन मन्त्री भुसालले नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेकी छिन्। सरकारको नीति अनुसार खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले विस्थापित गर्ने, विद्युतीय गाडीहरु प्रवर्द्धन गर्ने, सिँचाइमा विद्युतको पहुँच बढाउने र औद्योगिकीकरण गरी रोजगारी सिर्जना गर्ने क्षेत्रमा प्राधिकरणले ध्यान दिनुपर्नेमा पनि उनको जोड छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले प्राधिकरणले निजी क्षेत्रबाट उत्पादित विजुली खरिद गर्दै आएको बताएका छन्। ३७ वर्षको इतिहासमा प्राधिकरणले गएको वर्ष सबैभन्दा धेरै १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको पनि उनले बताए ।

विद्युत् खपतमा भएको वृद्धि, विद्युत् चुहावट नियन्त्रण, प्राधिकरणको विद्युत् गृहबाट उत्पादित विद्युत् परिमाणमा भएको वृद्धि, ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीको सञ्चालन, विद्युत् आयातमा कमी तथा निर्यातमा भएको वृद्धि र खर्च नियन्त्रणलगायतका कारणले मुनाफा आर्जन भएको कार्यकारी निर्देशक घिसिङको भनाई छ ।

पछिल्लो समय विद्युत् उत्पादन बढ्न थालेकाले अब खपत बढाउनुपर्ने र त्यसमा मुख्य गरी औद्योगिक खपत बढाउनेतर्फ जोड दिन आवश्यक रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved