आयरल्याण्डलाई टी-ट्वान्टीको सिरिज सिरिज

  • भदौ २, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । घरेलु टोली आयरल्याण्डले अफगानिस्तानविरुद्धको पाँच खेलको टी=ट्वान्टी सिरिज जितेको छ ।

बेलफास्टमा बुधबार राति भएको खेलमा पाहुना टोलीलाई ७ विकेटले पराजित गर्दै आयरल्याण्डले सिरिज जितेको हो ।

अफगानिस्तानले दिएको ५६ रनको लक्ष्य घरेलु टोलीले २ बल बाँकी रहँदा ३ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि पउल स्टर्लिङले १६, लुर्केन टुर्केर १४, कप्तान एन्डि बालबर्नीले ९ तथा ह्यारी टेक्टर र जर्जी ड्याकरोलले अविजित रहदै ९ तथा ७ रन बनाए ।

पाहुना टोलीका लागि मुजिब उर रहमानले २ तथा रशिद खानले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलीले १५ ओभरमा ५ विकेट गुमाएर ९५ रन बनायो ।

उसका लागि उस्मान घानीले अविजित ४४ तथा अजमतुल्लाह उमरजाई अविजित १५ रन बनाए ।

आयरल्याण्डका लागि मार्क अडिर ३ तथा जोस लिटिलले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved