संघ र प्रदेशको निर्वाचन प्रभावकारी बनाउन सरकारलाई निर्वाचन आयोगको ४ बुँदे निर्देशन

  • भदौ २, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न सरकारलाई चार बुँदे निर्देशन दिएको छ ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन निर्देशन दिएको हो ।

त्यसैगरी आयोगले गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावबाट प्राप्त निचोड तथा सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षा योजना प्रबन्ध गरी कुनै पनि मतदान केन्द्रमा अवरोध नहुने अवस्थाको सुनिश्चितता हुने गरी विस्तृत सुरक्षा योजना तयार गरी सुरक्षाकर्मी खटनपटनको व्यवस्था मिलाउन भनेको छ ।

विशेष कारणवश कुनै पनि मतदान केन्द्रमा मतदान कार्यमा अवरोध हुने वा गर्ने अवस्थामा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ५० बमोजिम आवश्यक कारबाही हुने बेहोराको जानकारी सबै सुरक्षा निकायलाई अग्रिम रूपमा दिन, सुरक्षा व्यवस्थापनमा सुरक्षाकर्मी कम हुने अवस्था भएमा सुरक्षाको थप व्यवस्थाका लागि सेवा निवृत्त तालिम प्राप्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय सेवादल र पालिकाका नगर प्रहरी तथा पालिका चुनाव-२०७९ मा भर्ना गरिएका तालिम प्राप्त जनशक्तिलाई नियुक्ति दिइ परिचालन गरी निर्वाचन सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

press_release2_kstcGZ6iLF

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved