हिन्दुराष्ट्रमा जनमत बढाउन भन्दै राप्रपाले थाल्यो चन्दा संकलन

  • भदौ ३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । हिन्दुराष्ट्रको पक्षमा जनमत बढाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चन्दा संकलन अभियान सुरु गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखैमा थालिएको यो अभियानलाई राप्रपाले ‘कोष वृद्धि अभियान’ भनेको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरे । आर्थिक स्रोत व्यवस्थापनको जिम्मा महामन्त्री डा। धवल शमशेर राणालाई दिइएको छ।

आर्थिक संकलन अभियानका लागि राप्रपाले गरिमा विकास बैंकमा बैंक खाता समेत खोलेको छ । बैंकको खातामा सिधै वा डिजिटल पेमेन्ट सिस्टम फोन पेबाट पनि रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको राप्रपाका महामन्त्री धवल शम्शेर राणाले जानकारी दिए ।
वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन कोष वृद्धि अभियान थालिएको महामन्त्री राणाको भनाई छ । सनातन धारको शक्तिकेन्द्र निर्माण एवं वैदिक सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने अभियानमा राप्रपाले आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गरेको उनको भनाई छ। नेपाललाई धर्म निरपेक्षता घोषणा गरिएकोमा राप्रपाले त्यसको विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​"सनातन धर्म र राजसं ...

काठमाडौं । डा. धवलशमशेर राणाको सभापतित्वमा हालै सम्पन्न 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसम ...

मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved