नेकपा एसको उम्मेदवार चयनको मापदण्डः भाद्र १५ भित्र उम्मेद्वार टुंगो लाग्ने

  • भदौ ३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । गठबन्धन दलको बैठक चलिरहेको बेला नेकपा एकीकृत समाजवादीले उम्मेदवार चयनको मापदण्ड बनाएको छ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले उम्मेदवार चयनका लागि ८ बुँदे मापदण्ड तयार पारेको छ।

पार्टीको तर्फबाट उठाइने प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको सिफारिस एवं छनोट गर्दा कुन आधारमा गरिने भन्ने नेकपा एकीकृत समाजवादीले मापदण्डको आधार तय गरेको हो।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उठाइने प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको सिफारिस एवं छनोट गर्दा आधार बनाउनका लागि आठ बुँदे मापदण्ड तयार गरेको हो।

पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने प्रक्रिया पनि तय गरेको छ।

प्रतिनिधिसभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तीमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गनुपर्ने छ।

जिल्ला कमिटीले सो चारजनामध्येबाट कम्तीमा एक महिलासहित बढीमा तीनजनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने, प्रदेश कमिटीले उक्त तीनजनाप्रतिको आफ्नो धारणासहित केन्द्रमा पठाउने र केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भएर आएका तीनजनामध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्पmको उम्मेदवार बनाउन निर्णय गर्नेछ।

त्यस्तै प्रदेश सभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बनाउनका लागि पार्टीको प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तीमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नेछ।

यसैगरी, आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने समय तालिका पनि तय गरेको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले २०७९ भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्ने, जिल्ला कमिटीले २०७९ भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गरिसक्ने, प्रदेश कमिटीले २०७९ भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गरिसक्ने, केन्द्रीय कमिटीले २०७९ भदौ २० गतेभित्र निर्णय गरिसक्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​"सनातन धर्म र राजसं ...

काठमाडौं । डा. धवलशमशेर राणाको सभापतित्वमा हालै सम्पन्न 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसम ...

मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved