अमेरिकाले ताइवानमा युद्ध भड्काउन खोजेको मलेसियाका पूर्वप्रधानमन्त्री मोहम्मदको आरोप

  • भदौ ४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् ।

लामो समयदेखि पश्चिमा देशहरूका आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथिरले अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसी र अन्य सांसद्को भर्खरैको ताइवान भ्रमणले चीनप्रति अमेरिकी विरोध दर्शाउने बताउँदै बेइजिङले त्यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठानेको उल्लेख गरे ।

एक विस्तृत अन्तर्वार्तामा ९७ वर्षीय पूर्वप्रधानमन्त्रीले चीनको एक अङ्गको रूपमा स्वशासित ताइवानलाई बेइजिङले एकराष्ट्र दुई प्रणालीअन्तर्गत स्वतन्त्र छाडेको बताउँदै समस्यारहित ताइवानमा अमेरिकाले युद्धका निम्ति उकासेको तर्क गरे ।

चीनले चाहेमा जुनसुकै बेला आक्रमण गर्न सक्ने र अहिलेसम्म त्यसो नगरेकाले अब पनि आक्रमण गर्छ भन्ने आफूलाई नलागेको बताउँदै उनले युद्ध भएमा ताइवानलाई सघाउने बाहनामा हतियार बेच्न पाइने तथा त्यस क्षेत्रमा अस्थिरता भए आफूलाई फाइदा हुने अमेरिकाले ठानेको विश्लेषण सुनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved