भालुको आक्रमणबाट एक जना गम्भीर घाइते

  • भदौ ६, २०७९
  • कालापानी मिडिया
alt

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका –३ मा साप्तेलमा भालुको आक्रमणबाट एक वृद्धा गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा सिलिचोङ –३ साप्तेल की ७० बर्षीया वृद्धा जुद्धमाया राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी बिरेन्द्र गोदारले जानकारी दिए।

७० वर्षीया वृद्धा राईलाई आइतबार दिउँसो घर नजिकैको जंगलमा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरेको थियो। राईको टाउको, ढाँड र हातमा चोट लागेको डिएसपी गोदारले बताए।

घाइते राईको ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लग्ने तयारी भइरहेको डिएसपी गोदारले बताए। राष्ट्रिय निकुन्ज क्षेत्र भित्र हालसम्म एक दर्जनभन्दा बढी भालुको आक्रमणबाट घाइते भएको निकुञ्ज कार्यालयले जनाएको छ।

मकालु बरुण राष्ट्रिय निकुन्ज क्षेत्र भित्र रहेको उक्त क्षेत्रमा बर्षेनी भालुको आक्रमण बढ्दै गएको भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन्। घटना स्थलबाट सदरमुकाम खाँदबारीबाट ९ घण्टाको पैदल दुरीमा पर्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved