टिकट पाउनेले जित्नका लागि काम गर्नुस्, नपाउनेले जिताउन लाग्नुस् - अध्यक्ष ओली

  • भदौ ७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा टिकट पाइँन भनेर असन्तुष्ट नहुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । सिङ्गो पार्टी एकताबद्ध भएर लाग्ने हो भने आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा कुनै पनि निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले हार्ने स्थिति नरहेको जिकिर गर्दै अध्यक्ष ओलीले त्यसका लागि एकजुट भएर निर्वाचनको काममा केन्द्रित हुन सिङ्गो पार्टी पङ्क्तिलाई सचेत गराए।

पार्टीको पर्सा जिल्ला कमिटीले आज मङ्गलवार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उम्मेदवार हुनेले जित्नका लागि काम गर्ने र उम्मेदवार नपाउनेले जिताउनका लागि लागेमात्रै पार्टीको हित हुने बताए । उम्मेदवार नबनेकाहरू असन्तुष्ट भए त्यसले पार्टीलाई ठूलो घाटामा पुर्‍याउने उल्लेख गर्दै उनले उम्मेदवार नपाएकाहरूलाई पार्टीले सरकार बनाए काम गर्नका लागि थुप्रै ठाउँ हुने पनि स्पष्ट पारे।

उनले भने, ‘एउटा निर्वाचन क्षेत्रमा एक जना उम्मेदवार हुन्छ । प्रदेश क्षेत्रमा पनि एकरएक जना उम्मेदवार हुन्छ । उम्मेदवार हुने साथी जित्नका लागि काम गर्नुस् । उम्मेदवार नभएका साथी जिताउनका लागि काम गर्नुस् । उम्मेदवार हुन पाइँन भनेर असन्तुष्ट हुने हो भने त्यसले हामीलाई ठूलो घाटा पुर्‍याउँछ । हामी एकजुट भयौँ भने जहाँ पनि जित्न सक्छौँ । जति विभाजित हुन्छौँ, त्यति कमजोर हुन्छौँ । चुनाव आउँदैछ । यसमा अनेक प्रकारणका हत्कण्डा अरूले प्रयोग गर्न सक्छन् । हामीले ती सबै हत्कण्डालाई पराजित गर्नुपर्छ ।’

ओलीले पार्टीका कुनै पनि नेता, कार्यकर्ताले विरोधीले उकासेको भरमा अधैर्यता राख्ने काम गर्न नहुने बताए। आउँदो निर्वाचनमा मतदाताको सङ्ख्या बढाउने र मतको रक्षा गर्ने काममा एमाले केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले तराई, मधेसमा देखिएको नागरिकताको समस्या समाधान गर्ने काम एमालेले मात्रै गर्न सक्ने दाबी गरे । अरूले मधेसमा त्यहाँका जनताको समस्या समाधान नभइ राजनीति मात्रै गरिरहेको उनको आरोप थियो । ओलीले २०५१ सालमा आफूले गृहमन्त्री भएको बेला नागरिकता समस्या समाधानका लागि धनपति आयोग बनाएको र पछि प्रधानमन्त्री हुँदा ती समस्या समाधानका लागि ल्याइएको विधेयक तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आफैँले अघि बढ्न नदिएको गुनासोसमेत गरे । उनले विवाहित अङ्गीकृत नागरिकता पाउनका लागि केही समय कुर्नुपर्ने भन्दै त्यसलाई हतारोको विषय बनाउन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​"सनातन धर्म र राजसं ...

काठमाडौं । डा. धवलशमशेर राणाको सभापतित्वमा हालै सम्पन्न 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसम ...

मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved