आराध्यदेव पशुपतिनाथमा गाईने नित्य आरती

  • भदौ ९, २०७९
  • कालापानी मिडिया
alt

जय शिव शंकर शम्भो जय गिरिजाधीश । शिव जय गिरिजाधीश ।।

जय जय करुणासागर २ पशुपति जगदीश । ॐ हर हर हर महादेव ।।

गिरि कैलाश निवास छ गण छन् सहचारी । शिव गण छन् सहचारी ।।

मुण्ड माला छ गलामा २ रुप छ भयहारी । ॐ हर हर हर महादेव ।।

डमरु त्रिशुल सुसोभित प्रभुका दुइ करमा । शिव प्रभुका दुइ करमा ।।

भूषण नाग विराजित २ बाघाम्बर तनमा । ॐ हर हर हर महादेव ।।

तीन नयनमा थरीथरी ज्योति छ दिव्य सदा । शिव ज्योति छ दिव्य सदा ।।

वाहन वृषभ मनोहर २ सँगमा छन् गिरिजा । ॐ हर हर हर महादेव ।।

भष्म विलेपन सुन्दर शिरमा चन्द्रकला । शिव शिरमा चन्द्रकला ।

कलकल बग्छिन हरदम २ गंगा पुण्यजला । ॐ हर हर हर महादेव ।।

ब्रह्मा विष्णु महेश्वर प्रभुका रुप सबै । शिव प्रभुका रुप सबै ।।

सृष्टि–स्थिति लय सबहुन् २ शुभ लिला प्रभुकै । ॐ हर हर हर महादेव ।।

वेद पुराण थकित छन् प्रभुको वर्णनमा । शिव प्रभुको वर्णनमा ।।

कण कण व्यापक प्रभुको २ महिमा त्रिभुवनमा । ॐ हर हर हर महादेव ।।

सुर नर मुनि सब प्रभुकै निसदिन ध्यान गरी । शिव प्रभुकै ध्यान गरी ।।

परमानन्द मगन भै २ जान्छन् पार तरी । ॐ हर हर हर महादेव ।।

सच्चिदानन्द परात्पर सज्जन हितकारी । शिव सज्जन हितकारी ।।

जय जय साम्बसदाशिव २ जय जय त्रिपुरारी । ॐ हर हर हर महादेव ।।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved