अधिवक्ता जगत जोशीको न्याय कविता

मन्दिरमा ईशको बास, भक्तको भावमा पनि । नाता यस्तै हुनुपर्छ, पीडित र न्यायको पनि।।

  • भदौ ९, २०७९
  • कालापानी मिडिया
alt

मन्दिरमा ईशको बास, भक्तको भावमा पनि ।
नाता यस्तै हुनुपर्छ, पीडित र न्यायको पनि।।
पुजारी पादरी होस् या, मुल्लाह लामा गुरु सरी ।
होउन् समभाव समदर्शी, न्यायमूर्तिहरु पनी।।


ज्ञान चक्षु उघारेमा, अन्धो कानून देख्दछ।
सच्चा ब्रह्म विचारेर, समन्याय गर्नु पर्दछ।।
गरेर फैसला मात्रै, इन्साफ हुन्न किन्चित।
पिडितको न्याय प्राप्तिमा, हुनुपर्छ सुनिश्चित ।।


आस्था पैंसा र नातामा, झुक्नु हुन्न तराजुले ।
निया निसाफको गोर्खा, बनाए थे बराजुले।।
न्यायको घाँटी रेटिन्छ, इमान बेचियो भने।
विधिले थिति बाँधिन्छ, बेथिती फैलियो भने ।।


पिडितको घाउमा न्यानो, मलम हो न्यायपालिका ।
कानुनी राजको लामो, चलन हो न्यायपालिका ।।
कहिले कुपात्रको दाउ, परेर रुम्लिए पनि ।
निस्पक्ष न्यायको कालो, कलम हो न्यायपालिका ।।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved