एसईई परीक्षाको ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै

  • भदौ ११, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै छ।

राष्ट्रिय परीक्षा बोर्डले आज र भोलि दुई दिन परीक्षा संचालन गर्न लागेको हो। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने छ। ग्रेड वृद्धि परीक्षामा ‘सी’ वा यसभन्दा कम ग्रेड ल्याउने नियमित विद्यार्थीले कुनै दुई विषयको परीक्षा दिन पाउने छन्। बोर्डका अनुसार आज अनिवार्य अंग्रेजी, एक विषयमा परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफुले परीक्षा दिने विषयहरु मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुने छ।

ग्रेड वृद्धि परीक्षाका लागि कार्यालयले ५ भदौसम्म आवेदन दिन आव्हान गरेको थियो। एसइईको नतिजा ११ साउन २०७९ मा सार्वजनिक भएको थियो। परीक्षा ९ वैशाख २०७९ देखि सञ्चालन भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved