पूर्वमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक १ मा एकल सिफारिस

  • भदौ १७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं १ को उम्मेदवारमा सिफारिस गरिएको छ ।

पार्टीको क्षेत्रीय कार्यसमिति बैठकले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि बस्नेतलाई मात्र सिफारिस गरेको हो । बैठकले प्रतिनिधिसभाको समानुपातिक तर्फबाट भने सिद्धिबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्यको नाम सिफारिस गरेको छ ।

सोही क्षेत्रको प्रदेशसभा क’ मा भने प्रत्यक्षतर्फ भोला बोहोरा, विष्णुबहादुर खत्री, साङ्बो शेर्पा, गङ्गाबहादुर श्रेष्ठ, मषिना खड्का भण्डारी, दोर्जे लामा, देविबहादुर बुढाथोकी, भीमप्रसाद पौडेल, वेदबहादुर श्रेष्ठ, कमल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फबाट भने हरिशरण श्रेष्ठ र लीलाकुमारी नेपालको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा १ को प्रदेश ख’ का लागि पनि नौ जनाको नाम सिफारिस गरेको छ । पार्टीले देवेन्द्र खड्का, राजेन्द्रकुमार श्रेष्ठ, जङ्गबहादुर लामा, केदार क्षेत्री, श्रवणकुमार जिसी, सगुन श्रेष्ठ, रुपकाजी लामा, रामकुमार तामाङ र शर्मिलाकुमारी खड्काको नाम सिफारिस गरेको छ ।

सो क्षेत्रको समानुपातिकतर्फ भने दुर्गाराज गिरी, रामकुमार थापा, उमेश प्रधान, रामबहादुर लामा, ङिमा जाङ्बो शेर्पा, चित्रकुमार मिजार, मञ्जु नेपाल भण्डारी र रोशनी श्रेष्ठको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​"सनातन धर्म र राजसं ...

काठमाडौं । डा. धवलशमशेर राणाको सभापतित्वमा हालै सम्पन्न 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसम ...

मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved