श्रीलंकाका पूर्व अर्थमन्त्री राजापाक्षले पाए विदेश भ्रमण अनुमति

  • भदौ १८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । श्रीलंकाका पूर्व अर्थमन्त्री बासिल राजापाक्षले विदेश भ्रमणको अनुमति पाएका छन्। सर्वोच्च अदालतले सन् २०२३ को जनवरी १५ सम्मका लागि उनलाई विदेश भ्रमणको अनुमति दिएको हो।

राजापाक्षेका वकिलले उनलाई उपचारका लागि संयुक्त राज्य अमेरिका जान अनुमति दिन अपिल गरेपछि सर्वोच्च अदालतले राजापाक्षलाई अर्को वर्षको जनवरीसम्म विदेश यात्रा गर्न अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई सेप्टेम्बर ५ सम्म देश छाड्न नदिन अन्तरिम आदेश जारी गरेको थियो। वर्तमान सरकारले जारी आर्थिक संकटका लागि जिम्मेवार सबै व्यक्तिविरुद्ध अनुसन्धान सुरु गर्न आदेश दिन माग गर्दै दुई मौलिक हकका लागि निवेदन दायर भएपछि यो आदेश दिइएको हो।

यसैबीच श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्ष शुक्रबार स्वदेश फर्किएका छन्। उनी करिब सात हप्तापछि स्वदेश फर्किएका हुन्। मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा राजपाक्षलाई मन्त्री र राजनीतिज्ञले स्वागत गरेका थिए। आर्थिक संकटका कारण प्रदर्शन चर्किएइपछि जुलाईमा उनी देश छाडेर भागेका थिए । राजापाक्ष माल्दिभ्स हुँदै सिंगापुर गएका थिए । उनले सिंगापुरबाटै राजीनामा पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved