एसिया कप - भारत फाइनलमा पुग्ने सम्भावना लगभग सकियो

  • भदौ २२, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । एसिया कप टी–२० क्रिकेटमा भारत शीर्ष चारबाट बाहिरिने सम्भावना देखिएको छ।

मंगलबार राति भएको खेलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको हो। लगातार दोस्रो हार भोग्ने क्रममा भारत १७३ रनको लक्ष्य जोगाउन असफल भयो।

दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो। श्रीलंका उक्त लक्ष्य १ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गर्दै फाइनलमा पुग्यो।

पहिलो ब्याटिङ गरेको भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन बनाए। त्यस्तै सुर्यकुमार यादवले ३४ रन जोड्दा हार्दिक पाण्ड्या र ऋषभ पन्तले समान १७÷१७ रन बनाएका थिए। श्रीलंकाका लागि दिलसान मधुसंकाले ३ विकेट लिएका थिए।

१७४ रनको लक्ष्य पछ्याएको श्रीलंकाका लागि पथुम निसंकाले र कुशल मेन्डिसले सानदार सुरुवात दिएका थिए। उनीहरूले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरे। निसंका ५२ रनमा आउट हुँदा मेन्डिस ५७ रनमा पेभिलियन फर्किएका थिए।

त्यसपछि क्रिजमा आएका चरिथा असालन्का र दनुस्का गुनाथिल्का सस्तैमा पेभिलियन फर्किए पनि पाँचौ विकेटका लागि ६४ रनको अविजित साझेदारी गरेका थिए। भानुकाले २५ रन बनाउँदा कप्तान दशुन सनाका ३३ रनमा अविजित रहे।

अब भारतले फाइनलमा पुग्नका लागि आफ्नो अन्तिम खेलमात्र जितेर पुग्दैन अन्य टिमको प्रदर्शनको समेत आफू अनुकल आओस् भन्ने प्रार्थना गर्नु पर्नेछ। भारतले सुपर चारको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै श्रीलंकाले पनि पाकिस्तानलाई पराजित गरोस् भन्ने कामना गर्नु पर्नेछ।

यस्तो अवस्थामा भारत, पाकिस्तान र अफगानिस्तानको समान २–२ अंक हुनेछ, जहाँ नेट रनरेट राम्रो हुने टिमले श्रीलंकासँग फाइनलमा स्थान बनाउने छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved