निर्वाचन आचारसंहिता लागू भईसकेपछि सरकारले ग¥यो निर्वाचन आचारसंहिता लागू भईसकेपछि

  • भदौ २२, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सरकारले काठमाडौं निर्वाचन आचारसंहिता लागू भईसकेपछि गरेको छ । उपत्यकासहित महत्त्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको हो ।

ललितपुरमा सीडीओ रहेका घनश्याम उपाध्यायलाई काठमाडौंको सिडिओ बनाइएको छ भने काठमाडौँका सिडिओ गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा तानिएको छ ।

कास्कीमा सिडिओ रहेका जयनारायण आचार्यलाई ललितपुरमा ल्याइएको छ । यसैगरी, कास्कीको सिडिओमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी सिडिओ विजया प्रसाईँ पनि मन्त्रालयमा तानिएकी छन् भने जुम्लामा मुकेशकुमार केसरीलाई पठाइएका छन् ।

यस्तै, दैलेखमा गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखमा रहेका हरि प्याकुरेललाई बाँकेको सहायक सिडिओ बनाएर पठाइएको छ । बाँकेका सहायक सिडिओ टोपेन्द्र केसीलाई बाराको सिमरा इलाका प्रशासन कार्यालयमा सरुवा गरिएको छ भने पाँचथरमा सिडिओ रहेका सुरेश न्यौपानेलाई गृहमन्त्रालय तानेर गणेश गैरेलाई पाँचथरको सिडिओ बनाइएको छ ।

यसैगरी, संखुवाभाका सिडिओ नुरहरी खतिवडालाई सप्तरीको सिडिओ बनाइएको छ भने सप्तरीका सिडिओ जनार्दन गौतमलाई उदयपुर र उदयपुरमा सिडिओ रहेका वीरेन्द्र यादवलाई संखुवासभा सरुवा गरिएको छ ।

निर्वाचन आयोगले आगामी चुनावका लागि आचारसंहिता लागू भईसकेको भन्दै नयाँ नियुक्ति, बढुवा र सरुवा रोकिसकेको अवस्थामा गृहले सिडिओ सरुवा गरेको हो । गृहले आचारसंहिता लागू हुनु अघिको मिति राखेर सरुवाको निर्णय गरेको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved