साफ यू–१७ समूहको अन्तिम खेलमा भारतसँग खेल्दै नेपाल

  • भदौ २४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । साफ यू–१७ फुटबल च्याम्पियनसिपको सेमिफाइनल पुगिसकेको नेपालले शुक्रवार समूह चरणको अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्दै छ। एक खेल अगावै सेमिफाइनल पुगेका दुवै टिम अपराजित रहने दाउमा हुने छन्।

श्रीलंका स्थित कोलम्बोको रेस कोर्स ग्राउण्डमा दिउँसो ३ः४५ मा सुरु हुने खेलमा नेपाल जित निकाल्ने लक्ष्यमा हुने छ। भारत पनि नेपाललाई हराएर समूह विजेता बन्दै अन्तिम चारमा पुग्ने लक्ष्यमा रहने छ। समूह ‘बी’ मा रहेको नेपालले समूह चरणमा भुटानलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको थियो। भारतले पनि भुटानलाई ३–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको थियो।

यू-१७ अन्तर्गत नै शुक्रबार हुने दोस्रो खेलमा श्रीलंका र माल्दिभ्स भिड्ने छन्। प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष दुईले फाइनलमा स्थान बनाउने छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved