युवराज्ञी हिमानीद्धारा लमजुङ र गोर्खाका साढे ६ हजार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण (फोटो फिचर)

  • भदौ २५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौँ । यतिवेला युवराज्ञी हिमानी शाह गोरखामा हुनुहुन्छ । युवराज्ञी हिमानी शाह हिमानी ट्रष्टले गरेको गोरखा र लमजुङका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रममा सहभागी हुन बिहीबार काठमाडौँबाट लमजुङ जानु भएको हो ।

306139746_10227437726784744_1820875350989034109_n

हिजो भदौ २४ गते लमजुङमा कार्यक्रम राखिएको थियो भने आज भदौ २५ गते गोरखामा कार्यक्रम राखिएको छ। लमजुङको बेंसीसहर–७ स्थित आमा समूह भवनमा बिहान ११ बजेदेखि मर्स्याङ्दी गाउँपालिका, दुधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकाका ९७ विद्यालयका २ हजार ९५२ बालबालिकालाई कापी, कलम, टिफिन बट्टा, पानीको बोत्तल, झोला लगायतका सामग्री हस्तान्तरण गरिएको हो। जसमा १ हजार ४६९ छात्र र १ हजार ४६३ छात्रा रहेको ट्रष्टले जनाएको छ ।

305939652_10227437727904772_488722296344643590_n

यस्तै आज गोरखा बजारको शक्ति माध्यमिक विद्यालयमा बिहान ११ बजे विभिन्न गाउँपालिकाका गरी १ हजार ८ सय ८९ छात्र र १ हजार ८ सय ६५ छात्रालाई शैक्षिक सामाग्री प्रदान गरिने छ।

305980302_10227437727544763_8729403684263071719_n

ट्रष्टले लमजुङ र गोरखामा गरी साढे ६ हजारभन्दा बढी विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । ट्रष्टले यसरी नै दुर्गम क्षेत्रका बालवालिकालाई पढाइमा सहयोग पुगोस् भनेर शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गर्दै आएको छ । युवराज्ञी गोरखाको कार्यक्रम सकेर आजै काठमाडौं फिर्ता हुने कार्यक्रम छ ।

304773227_1043887556287279_7659172781198316785_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved