उत्तरगंगा जलाशययुक्त आयोजना अघि बढाउन सरकारको ध्यानाकर्षण

  • भदौ ३१, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद कमला रोक्काले उत्तरगंगा जलविद्युत् आयोजना निर्माणका लागि पटकपटक प्रक्रिया अगाडि बढाउन आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो गरिन्।

उनले ढोरपाटन सिकार आरक्षलाई कुनै पनि समस्या नपर्ने गरी सो आयोजना तत्काल अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् । कूल ८ सय २८ मेगावाट क्षमताको सो आयोजना हाल अध्ययनका क्रममा छ ।

आयोजनाबाट निकास हुने पानीका विषयमा कुरा मिल्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन । केहीले आयोजनाबाट निकास हुने पानी बाग्लुङतर्फ नै खसाल्नुपर्ने धारणा राख्नछन् । धेरैले सो आयोजनाको पानी हाल उत्तरगंगा नदीकै प्राकृतिक बहाव अनुसार बग्न दिनुपर्ने बताउँछन् ।

त्यस्तै सांसद रोक्काले ढोरपाटन शिकार आरक्षबाट स्थानीयवासीले लाभ लिने वातावरण बनाउनुपर्ने धारणा राखे । सांसद डिला संग्रौला पन्तले संसद्को ५ वर्षे कार्यकालमा आफूले देश, जनताका दैनिक समस्या उठाउन पाएको र आफूले पनि केही कुरा सिक्न पाएको बताइन् ।

सांसद नारायण मरासिनीले सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्न आग्रह गरे । पहिरोका कारण नियमितरुपमा यातायात सञ्चालनमा समस्या देखिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । सांसद प्रेम सुवालले भक्तपुरमा वितरित इन्टरनेट सेवा गुणस्तरीय नभएकाले अस्पतालमा उपचारत बिरामी र विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीले कठिनाइ भोग्नुपरेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद खेमप्रसाद लोहनीले बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावितको क्षतिपूर्ति, मुआब्जा, पुनःबास र पुनःस्थापनाको काम बाँकी नै रहेका बताए ।

सांसद गजेन्द्र महतले सिंगो कर्णालीलाई पाल्नसक्ने रारा ताल तथा त्यस क्षेत्रमा फैलिएको निकुञ्जलाई पूर्वतर्फ स्थानान्तरण गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​"सनातन धर्म र राजसं ...

काठमाडौं । डा. धवलशमशेर राणाको सभापतित्वमा हालै सम्पन्न 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसम ...

मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved