आज मध्यरातदेखि निस्क्रिय हुँदै प्रतिनिधिसभा

  • असोज १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । २०७४ मा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल शनिबार राति १२ बजे सकिँदै छ।

मन्त्रिपरिषद्ले कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भणडारीलाई सिफारिस गरिसकेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले असोज १ सम्म कार्यकाल मानेर सदनका पछिल्लो बैठकमा विदाइ सम्बोधन राखेका छन्।

शनिबार राति १२ बजेबाट बर्खे अधिवेशन अन्त्यसँगै प्रतिनिधिसभा निष्क्रिय हुनेछ। निर्वाचन आयोगले समानुपातिक बन्दसूचीसम्म कार्यकाल रहेको विगतको अभ्यासको आधारमा असोज १ सम्म कार्यकाल रहने जानकारी संसद् सचिवालयलाई दिएको छ। तर सभामुख अग्निप्रसाद सापकोटाले कार्यकाल अन्त्यको घोषणा गरेका छैनन्। सदन सकिएलगत्तै सांसदहरू निर्वाचनमा केन्द्रित हुनेछन्। प्रतिनिधिसभा निष्क्रिय भएसँगै यहाँ उत्पत्ति भएका विधेयक पनि निष्क्रिय भएका छन्।

०७४ मंसिर १० र २१ मा निर्वाचन भएर फागुन २१ मा कार्य प्रारम्भ गरेको संघीय संसद्ले यो कार्यकालमा १५३ विधेयक दर्ता भएकोमा नागरिकतासहित १०२ कानुन बनाएको छ। एमाले र माओवादीको वामगठबन्धनबाट दुईतिहाइ समीकरणमा सुरुवात भएको प्रतिनिधिसभाको कार्यकाल भने उतारचढावपूर्ण रह्यो । प्रतिनिधिसभाले दुईपटक विघटनको सामना गर्नुपर्‍यो। तर सर्वोच्च अदालतको आदेशले दुवैपटक पुनस्स्थापना भयो।

निर्वाचनबाट बहुमतसहित सरकारको नेतृत्व गरेको नेकपा फुटेर एमाले प्रतिपक्षमा पुगेपछि प्रतिनिधिसभाले महिनौँ अवरोध व्यहोर्नुपर्‍यो। प्रतिनिधिसभाले यो कार्यकालमा दुई सभामुख र दुई उपसभामुख पायो । महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले पद गुमाएपछि सापकोटाले मौका पाए।

शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि लामो समय रिक्त रहेको उपसभामुखको जिम्मेवारी अन्त्यतिर कांग्रेस सचेतक पुष्पा भुसालले पाइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​"सनातन धर्म र राजसं ...

काठमाडौं । डा. धवलशमशेर राणाको सभापतित्वमा हालै सम्पन्न 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसम ...

मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved