जसपाकी सांसद गुरुङ र पूर्व एआइजी श्रेष्ठ राप्रपामा प्रवेश

  • असोज २, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । जनता समाजवादी पार्टीकी नेतृ तथा संघीय सांसद रेणुका गुरुङ र पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालयमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरु राप्रपामा प्रवेश गरेका हुन् ।
जसपाका केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री समेत रहेकी गुरूङ, सशस्त्र प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक श्रेष्ठ, एकीकृत राष्ट्रिय शक्ति नेपालकी केन्द्रीय सदस्य तथा महिला संगठनकी अध्यक्ष अन्जु सुवेदी लगायत राप्रपामा प्रवेश गरेका हुन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीहरुलाई पार्टीको सदस्यता प्रदान गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले समाजका प्रतिष्ठित व्यक्तिहरुको प्रवेश र विश्वासले राप्रपा जनताबीच लोकप्रिय बन्दै गएको पुष्टि भएको बताए ।

आफ्नै जीवनकालमा देश बनेको देख्न चाहनेहरुले आगामी निर्वाचनमा राप्रपालाई मत दिनुपर्ने बताउँदै लिङ्देनले राप्रपा असफल हुँदा परिवर्तन र विकास चाहनेहरुलाई धोका हुने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​"सनातन धर्म र राजसं ...

काठमाडौं । डा. धवलशमशेर राणाको सभापतित्वमा हालै सम्पन्न 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसम ...

मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved