नागरिकता विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रहित - कमल थापा

  • असोज ५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर राष्ट्रहित काम गरेको बताएका छन्।

संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अश्वीकार गरेपछि अध्यक्ष थापाको यस्तो धारणा आएको हो।

सामाजिक सञ्जालमा लेख्दै थापाले प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक भएको उल्लेख गरेका हुन्।

उनले विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको पनि जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​"सनातन धर्म र राजसं ...

काठमाडौं । डा. धवलशमशेर राणाको सभापतित्वमा हालै सम्पन्न 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसम ...

मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved