पुटिनद्वारा देशभित्रै सेना परिचालन, सीमामा देश छाड्नेहरुको लर्को

  • असोज ७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । रुसमा सेना परिचालन गरिएपछि देश छाड्नेहरुको संख्या बढिरहेको समाचारहरुमा बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार देशमा सेना परिचालन गर्ने घोषणा गरेका हुन् ।

अन्तराएष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेअनुसार रुसबाट पलायन भएकाहरुलाई जर्मनीले आश्रय दिने जनाएका छन् । राष्ट्रपति पुटिनले बुधबार ‘देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै’ आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गरेसँगै तीन लाख रिजर्भ रुसी सैनिकलाई ड्युटीमा बोलाइएको बीबीसीले जनाएको छ ।

युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालन गर्नुपरेको पुटिनको भनाइ छ । बुधबार एक सम्बोधनमा राष्ट्रपति पुटिनले सो कुरा जनाएको बीबीसीले जनाएको छ । समाचारहरुमा जनाइएअनुसार सेना परिचालनसँगै युक्रेनमा रुसले आक्रमण गरेको विरोध गर्ने रुसी नागरिकहरु निशानामा परेपछि धेरैले देश छाडिरहेका छन् । फ्लाइट बुकिङ गर्नेहरुको संख्या ह्वात्तै बढेको छ भने सीमा पार गर्न खोज्नेहरुको पाँच किलोमिटरसम्म लामो लाइन देखिएको बीबीसीले उल्लेख गरेको छ ।

कतिपय सेना परिचालनको विरोधमा प्रदर्शनमा पनि उत्रिएका छन् । सरकारले बुधबार इन्टरेनटमार्फत विरोध गर्न आह्वान गर्ने वा भाग लिनेहरुलाई १५ वर्षसम्म सजायँ हुने चेतावनी दिएको थियो । उक्त चेतावनीसँगै रुसबाट पलायनहरुको संख्या पनि बढेको हो ।

युक्रेनमा रुसले आक्रमणको गरेको विरोध गर्ने धेरैजसो सामाजिक कार्यकर्ताहरु मस्को र सेन्टपिटर्सबर्गबाट पक्राउ परेका छन् । यसैगरी साइबेरियाई शहर इरकुत्स्क र याकातेरिबर्गबाट पनि दर्जनौंलाई पक्राउ गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved