इरानमा प्रदर्शन हिंस्रक बन्दै गएपछि राष्ट्रपतिले दिए छानबिनको आदेश

  • असोज ७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । इरानमा हिजाफविरुद्ध जारी प्रदर्शन थप हिंस्रक बन्दै गएपछि राष्ट्रपति इब्राहिम रैसीले हिरासतमा महिलाको मृत्यु भएको घटनाको छानबिन गर्न आदेश दिएका छन्।

गत सेप्टेम्बर १३ मा एक २२ वर्षीय युवतीलाई इरानी प्रहरीले हिजाफ नलगाएको आरोपमा गिरफ्तार गरेको थियो। महसा अमिनी नामकी ती युवतीको हिरासतमा मृत्यु भएको भन्दै प्रहरीले १६ सेप्टेम्बरमा परिवारलाई शव बुझाएको थियो।

यो घटनापछि देशव्यापी रुपमा विरोध प्रदर्शन सुरु भएको हो। एक हप्तादेखि चर्किएको विरोधमा प्रहरी दमनबाट ३१ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने प्रदर्शन थप सहरमा विस्तार भएको छ।

सामाजिक सञ्जालका माध्यमबाट दैनिकजसो प्रदर्शनकारीहरु थपिँदै गएपछि राष्ट्रपति इब्राहिम अनुसन्धानको आदेश दिन तयार भएका हुन्।

हिजाफको नियम तोडेको आरोपमा हिरासतमा युवतीको मृत्यु भएपछि हजारौँको संख्यामा युवतीहरु हिजाफ फालेर प्रदर्शनमा उत्रिएका थिए। उनीहरुको प्रदर्शनमा युवाहरुको पनि साथ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

जनआस्थाका सम्पादक कि ...

काठमाडौँ। प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोल ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved