आजबाट सुरू भयो चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन

  • असोज ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ महाधिवेशन आज (आइतबार) देखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सुरू हुने भएको छ ।

महाधिवेशनमा २२ सय ९६ जना प्रतिनिधिले भाग लिने भएका हुन् । यी प्रतिनिधिले समग्र चीनभरीका ९ करोड ६० लाख पार्टी सदस्यको प्रतिनिधित्व गर्ने भएका छन् । बेइजिङको समय अनुसार आइतबार बिहान १० बजे महाधिवेशन सुरू भएपछि कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रतिवेदनमाथि छलफल सुरु हुने भएको छ ।

महाधिवेशनमा सीपीसी, केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगको प्रतिवेदनमाथि लेखाजोखा गरेर पार्टीका महत्वपूर्ण विषयमा छलफल र निर्णय गर्ने तथा कम्युनिष्ट पार्टीको नयाँ केन्द्रीय समिति र नयाँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि अक्टोबर ९ देखि १२ तारिखसम्म १९ औँ केन्द्रीय समितिको सातौं पूर्ण अधिवेशन सम्पन्न भएको थियो । सोही अधिवेशनले २०औँ महाधिवेशनको मिति अक्टोबर १६ का लागि निर्धारित गरेको थियो । यो महाधिवेशनले कस्ता पृष्ठभूमिका नेतालाई अगाडि सार्छ र कस्तो खालको नीति तय गर्छ भन्ने विषयले विश्व राजनीतिमा अर्थ राख्छ ।

महाधिवेशनको एक साताअघि प्रेस सेन्टर खुला गरिएपछि आयोजकले यसबारे जानकारी दिएका हुन् । कोभिड नियन्त्रणको नीतिका कारण पत्रकारले प्रतिनिधिहरूसँग प्रत्यक्ष साक्षात्कार गर्न भने पाउने छैनन् । तर प्रेस केन्द्रले भिडियो अन्तर्वार्ताको व्यवस्था मिलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीबको प ...

काठमाडौं । भर्खरै गठन भएको नवनिर्मित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भए ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved