सत्ता गठबन्धनले संयुक्त नेता–कार्यकर्ता भेला र ओलीले नागरिकसँग टेलिफोनमा कुरा गर्दै

  • कार्तिक ४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सत्ता गठबन्धनले आजदेखि संयुक्त नेता–कार्यकर्ता भेला सुरु गर्दैछ । यसअघि सातवटै प्रदेशमा नेता–कार्यकर्ता भेला गर्ने निर्णय गरेको सत्ता गठबन्धनले आज पहिलो भेला गण्डकी र लुम्बिनीमा गर्दैछ ।

आउँदो चुनावमा तालमेल गरेर संयुक्त उम्मेदवार उठाएका गठबन्धनका दलले चुनावलाई नै लक्षित गरेर सात वटै प्रदेशमा संयुक्त रुपमा प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरेका थिए ।

नेकपा एकीकृत समाजवादीको समन्वयमा आज गण्डकी प्रदेशको पोखरामा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा नेता–कार्यकर्ता भेला हुँदैछ । भेलालाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

भोलि ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा, ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुनेछ । अन्तिम भेला ७ गते माओवादीको समन्वयमा काठमाडौंमा हुनेछ ।

निर्वाचन आयोगले आउँदो कात्तिक १८ गते भन्दा अगाडि राजनीतिक दलहरुले चुनाव प्रचारको लागि कोणसभा र आमसभा भने गर्न नपाउने बताएको छ । चुनाव आउन अब ३० दिन मात्रै बाँकी छ ।

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नागरिकसँग टेलिफोनमा कुरा गर्ने तयारी गरेका छन् । ओलीसँग कुराकानीको लागि एकलाख ७१ हजारभन्दा धेरैले नाम टिपाएको एमालेले जनाएको छ ।

ओलीले मंगलबार आफ्नो सामाजिक सञ्जालमा सम्पर्क नम्बर पठाउन अनुरोध गरेका थिए। प्राप्त नम्बरका आधारमा उहाँले आज कुराकानी गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीबको प ...

काठमाडौं । भर्खरै गठन भएको नवनिर्मित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भए ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved