छाया हेल्थ केयर सेन्टरको सात दिने निशुल्क स्वास्थ्य सेवा शिविर संचालनमा

  • कार्तिक १९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं कात्तिक १८। छाया हेल्थ केयर सेन्टर गोङ्गबुले सात दिने निशुल्क स्वास्थ्य सेवा शिविर संचालनमा ल्याएको छ ।

शनिबार विहान गोङ्गबु स्थित कार्यलयमा एक कार्यक्रम गरि निशुल्क स्वास्थ्य सेवा शिविर संचालनमा ल्याएको हो ।

लायन्स क्लबसँगको सहकार्यमा संचालनमा आएको उक्त कार्यक्रममा पेट तथा कलेजो रोग विशेषज्ञ, छालारोग विशेषज्ञ,बालरोग विशेषज्ञ,प्रसुती तथा स्त्री रोग विशेषज्ञ, हाडजोर्नी रोग विशेषज्ञ तथा स्नायु रोग विशेषज्ञ लगायतका १०० भन्दा बढीको उपस्थिति थियो ।

छाया हेल्थ केयर सेन्टरले संचालन गरेको सो कार्यक्रममा विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परिक्षण, सुगर जाँच, पिसाब जाँच, थाइरोइड जाँच, मृगौला परिक्षण, कोलेस्ट्रोल परिक्षण र डेङ्गी परिक्षण लगायतको सुविधा रहेको छ ।

निर्वाचनको समयमा जनतालाइ स्वस्थ राख्ने उद्देश्यले सिबिर संचालनमा ल्याएको सेन्टरका संचालक नितेस भुसालले बताए ।

शिविरमा काठमाडौ महानगरका पूर्व मेयर राजाराम श्रेष्ठ लगायत ५० बढि ले सेवा लिनु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved