पर्सागढीमा घरदैलो कार्यक्रम तिब्र , कुर्मी र यादवलाई जिताउने मतदाता उत्साहीत

जसपा–एमालको पक्षमा जनलहर

  • कार्तिक २०, २०७९
  • कालापानी मिडिया
alt

वीरगञ्ज, २० कात्तिक : जसपा–एमाल गठबन्धनले पर्सा क्षेत्र नम्बर २ मा घरदैलो अभियानलाई तीव्रता दिएको छ । मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि जसपा–एमालले पर्सागढी नगरपालिकाको वडा नम्बर ३ र ५ मा घरदैलो कार्यक्रम गरेको हो ।

उक्त घरदैलो कार्यक्रमलाई स्थानीय बासीले समेत साथ र समर्थन दिन थालेपछि जसपा–एमालको पक्षमा जनलहर बढेको हो । घरदैलो कार्यक्रममा जसपा–एमाले गठबन्धनबाट प्रतिनिधी सभाका साझा उम्मेदवार बनेका सुरेन्द्र कुर्मी र क्षेत्र २ को (क) का उम्मेदवार रामनरेश यादवलाई माला र खादा ओढाएर अग्रीम विजयको शुभकामना व्यक्त गरेका छन् ।

कुर्मीले जनताको माझमा रहेर राजनीति गर्ने नेता भएको तथा दुखसुखमा साथ दिँदै आएकाहरु भएकाले यसपालि आफुहरुले जसपाका उम्मेदवारलाई मत दिने उनीहरुको भनाई रहेको थियो ।

स्थानीय जनताले यसपाली जसपा–एमाले गठबन्धनका उम्मेदवार उम्मेद्वारलाई जिताउने बचनबद्धता प्रकट गरेका छन् । घरदैलो अभियान पर्सागढी नगरपालिकाको टोल–टोलमा पुगेको छ भने जहाँ जाँदा पनि जनताको अपार समर्थन मिलेको प्रतिनिधी सभाका साझा उम्मेदवार कुर्मीले बताउनु भयो ।

भोट माग्दै उम्मेद्वारसहितको टोली नगरपालिकाको विभिन्न टोलमा पुगेको थियो । चुनावी घरदैलो कार्यक्रममा जसपाका जिल्ला सचिव तबरेज अहमदका साथै जसपा र एमालेका नेता कार्यकर्ताको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीबको प ...

काठमाडौं । भर्खरै गठन भएको नवनिर्मित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भए ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved