अलौंवासी जसपा एमाले गठबन्धनलाई मतदान गर्न आतुर

जसपा एमाले गठबन्धनको घरदैलो कार्यक्रम

  • कार्तिक २१, २०७९
  • कालापानी मिडिया
alt

वीरगञ्ज, २१ कात्तिक : मंसिर ४ गते हुने निर्वाचनको प्रचार प्रसारका लागि पर्सा क्षेत्र नम्बर २ मा जसपा–एमाल गठबन्धनलकोे उम्मेदवार सहितको घरदैलो कार्यक्रम तीव्रगतिमा अघि बढाएको छ । यसले जसपा–एमाल गठबन्धनलप्रति बढ्दो जनलहर देखिएको छ ।

जसपा–एमाले गठबन्धनबाट प्रतिनिधी सभाका साझा उम्मेदवार बनेका सुरेन्द्र कुर्मी र क्षेत्र २ को (ख) का उम्मेदवार हरेराम पटेल सहित नेता कार्यकर्ताले वडावडामा घरदैलो गर्ने क्षेत्रीयस्तरीय कार्यक्रम वीरगञ्ज १७ नम्वर (अलौं) वडामा सम्पन्न भएको छ ।

घरदैलोमा उम्मेदवारहरु छाता र सुर्यमा मतदान गर्न आग्रह गरेका थिए । क्षेत्रको विकशको लागि जसपा–एमाले गठबन्धन आवश्कयता रहेको प्रतिनिधी सभाका साझा उम्मेदवार कुर्मीले बताए । उनले घरदैलो अभियानका क्रममा जसपा–एमाल गठबन्धनलप्रति मतदाताको उत्साह देखिएको उम्मेदवार कुर्मीले बताए ।

‘हामीले चुनावी घरदैलो अभियानलाई निरन्तरता दिनेछौं । मतदाताको घरघरमा पुग्ने र भेटघाट गर्ने कार्यक्रम निरन्तर रहन्छ’ उनले भने ‘अहिलेसम्म हाम्रो जसपा–एमाल गठबन्धनलका उम्मेदवारहरूप्रति मतदाताको धेरै उत्साह देखिएको छ ।’

उनले घरघरमा आएर झुटा कुरा गर्ने, भ्रम फैलाउने र आश्वासनमात्रै दिने उम्मेदवारलाई भन्दा आफूहरूसँगै रहेर आफ्नो क्षेत्रको विकासको कामलाई पनि अघि बढाउने उम्मेदवारलाई मत दिन अपिल गरेको बताए ।

जसपा–एमाल गठबन्धनका उम्मेदवारहरूप्रति एकप्रकारको उत्साह पाएको उम्मेदवार कुर्मीले बताए । चुनावी घरदैलो कार्यक्रममा एमालेका मधेश प्रदेश सदस्य बिना शर्मा, अखिल नेपाल महिला संघ पर्साका अध्यक्ष इन्दु घिमिरे लगायत हजारौ जसपा र एमालेका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीबको प ...

काठमाडौं । भर्खरै गठन भएको नवनिर्मित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भए ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved