प्रवासी नेपाली एकता समाज रियाद क्षेत्रिय अध्यक्षमा सापकोटा

  • कार्तिक २२, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रीय प्रजातन्त्र पार्टीको भातृ प्रवास संगठन “प्रवासी नेपाली एकता समाज (पानस) साउदीअरब” को मातहतमा रहेको रियाद क्षेत्रिय समन्वय समितिको कार्य समिति घोषणा भएको छ। उक्त घोषणाले अमर सापकोटाको नेतृत्वमा १५ सदस्यीय कार्य समितिचयन गरेको हो।

यही ४ नोभेम्वर २०२२ शुक्रवारका दिन रियाद स्थित एक सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पानस साउदीअरबले आफ्नो रियाद क्षेत्रिय समन्वय समितिको घोषणा गरेका छन्। पानस साउदीअरबको अध्यक्ष कुबेर हुमाँगाईको सभापतित्वा एवम् नेपाली दूतावास रियादका कार्यवाहक नियोग उप-प्रमुख प्रथम सचिव ऋषि राज आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रम बाट सापको नेतृत्वमा रहेको क्षेत्रिय समन्वय समितिको घोषणा भएको हो ।

सापकोटाको नेतृत्व रहेको उक्त पानस क्षेत्रिय समन्वय समितिको उपाध्यक्षमा सुजन घिमिरे, महिला उपाध्यक्षमा लक्ष्मी कुमारी गिरी, महामन्त्रीमा किरण कुमार पुरी र जिवन सहमहामन्त्रीमा रहेका छन्।

त्यसै गरी सचिवमा निरज सिंह, सह सचिवमा ईन्द्र कुमार खनाल, कोषाध्यक्षमा राकेश कुमार यादव, सहकोषाध्यक्षमा पूजा सिंह, प्रवक्तामा, किशन जग बि।क। र सह(प्रवक्तामा अस्मिता सुनार रहेका छन् भने सदस्यहरुमा रोशन बस्नेत, प्रेम कुमार गुरुङ, रोहन परियार र लोक बहादुर पुरी रहेका छन्।

प्रवासी नेपाली एकता समाज ९पानस० साउदीअरबका महामन्त्री नविन मुडभरी द्वारा संचालित उक्त कार्यक्रममा अतिथिको रूपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपूर्व क्षेत्रिय संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसीसी साउदीअरबका संस्थापक महासचिव विमल गौतम, एनआरएनए एनसीसी साउदीअरबका उपाध्यक्ष रबिना अर्याल, जनसम्पर्क समिति साउदीअरबका कार्यवाहक सभापति द्वारिका राज गिरी, प्रवासी नेपाली मंचका वरिष्ठ उपाध्यक्ष कृष्ण कार्की लगायत साउदीअरब स्थित क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी तथा समाजसेवीहरू, विभिन्न पेशा तथा व्यावसायामा आवद्ध व्यक्तित्वहरू, विभिन्न संचार क्षेत्रमा आवद्ध संचार कर्मीहरू र नेपाली जनसमुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीबको प ...

काठमाडौं । भर्खरै गठन भएको नवनिर्मित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भए ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved